Logo
Logo

भाजपा कार्यालयमा प्रधानमन्त्री देउवा


756
Shares

काठमाडौं । भारतको तीन दिने औपचारिक भ्रमणमा दिल्ली पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो दिनै त्यहाँको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को कार्यालय पुगेका छन् ।

प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गरेपछि भाजपाको केन्द्रीय कार्यालय पुगेका हुन् । भ्रमण टोली नयाँदिल्ली चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा बस्नेछ । त्यहीँ विदेशमन्त्री जयशंकरसँगको भेटवार्ता भएको थियो।

भाजपा कार्यालयको कार्यक्रम सकिएपछि देउवा दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सामेल हुनेछन्  ।

दोस्रो दिन शनिबार बिहान १०स्४० मा देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि औपचारिक समारोह र कार्यक्रमका लागि प्रधानमन्त्री देउवा हैदरावाद हाउस पुग्नेछन् ।

त्यहाँ भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छुट्टै भेटघाट र प्रतिनिधिमण्डलको दुईपक्षीय वार्ता हुनेछ । खानापछि संयुक्त वक्तव्य जारी गर्दै त्यहाँको कार्यक्रम सकिनेछ 

प्रतिक्रिया दिनुहोस्