Logo
Logo

देउवा र मोदीबीच आज भेटवार्ता हुँदै


441
Shares

फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले हैदरावाद हाउसमा आफ्ना समकक्षी मोदीसँग भेटवार्ता गर्न लागेका हुन् । आज द्धिदेशीय प्रतिनिधिमण्डलस्तरीय वार्ता हुन लागेको हो । प्रधानमन्त्री देउवा र भारतका मोदी नेतृत्वको सो वार्तापछि आजै दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य र यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुँदैछ ।

त्यसपछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा र भारत सरकारको सहयोगमा निर्माण भएको सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वास्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने छन् । भारतको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल हिजो अपराह्न भारत पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्