Logo
Logo

ओली आज खोटाङ जाँदै


756
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज खोटाङ जाँदै छन् ।

पार्टीले सदरमुकाम दिक्तेलमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनी बिहान साढे १० बजे खोटाङ जान लागेका हुन् । कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गर्नेहरूलाई एमाले प्रवेश गराउने बताइएको छ । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टीले आयोजना गरेका विभिन्न कार्यक्रममा उनको व्यस्तता बढेको छ ।

हिजो मात्रै अध्यक्ष ओलीले देशको पश्चिमी जिल्लाहरूमा पार्टीद्धारा आयोजित कार्यक्रमहरूलाई सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्