Logo
Logo

स्थानीय तह निर्वाचनः गण्डकीमा पनि तालमेल गर्ने सहमति


6.4k
Shares

गण्डकी । सत्ता साझेदार दलहरुले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने सहमति गरेसँगै गण्डकी प्रदेशमा पनि तालमेलको तयारी भएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माका अनुसार सत्तारुढ पार्टीको निर्णय बमोजिम स्थानीय तहको निर्वाचनमा गण्डकीमा पनि मिलेर जाने निर्णय भएको हो । नेपाली कांग्रेस गण्डकीको कार्यालयमा हिजो बसेको प्रदेश तथा जिल्ला तहका ५ दलका नेताहरुको बैठकले यस्तो निर्णय गरेको उनले बताए । सभापति शर्माको अध्यक्षतामा बसेको बैठकमा प्रदेश र जिल्लास्तरका नेताहरुको सहभागिता थियो । बैठकमा उनीहरुले स्थानीय तह निर्वाचनका लागि प्रदेशस्तरमा तालमेल गर्दै ५ दलको संयुक्त घोषणापत्र जारी गर्ने सहमति गरेका छन् ।

बैठकमा नेपाली कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ (कुशुम), नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष केशवलाल श्रेष्ठ, जनता समाजवादी (जसपा) गण्डकी प्रदेशका अध्यक्ष मोतिप्रसाद रिजाल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शंकर बराललगायत गण्डकी प्रदेशस्तरका शीर्ष नेता सहभागी थिए । गठबन्धनको आउँदो चैत २२ गते बस्ने बैठकमा निर्वाचनका सन्दर्भमा थप छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्