Logo
Logo

‘सहकारी आन्दोलन सामाजिक परिवर्तनको आयाम’


630
Shares

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी अभियानमा संलग्न सबैमा शुभकामना व्यक्त गरेका छन् । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने नारासहित आज मनाईंदै गरिएको राष्ट्रिय सहकारी दिवसमा शुभकामना सन्देश जारी गर्दै उनले यस अभियानमा आबद्ध सम्पूर्ण अभियन्ताहरुको योगदान प्रशंसनीय रहेको उल्लेख गरे ।

शुभकामना सन्देशमा प्रमुख शर्माले सहकारीले समुदायमा छरिएर रहेको पूँजी र बैंकको पहुँच बाहिर रहेका मानिसहरुलाई आबद्घ गराई आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।

वि.सं २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी स्थापना भएसँगै नेपालमा सहकारी अभियान शुभारम्भ भएको सन्देशमा उल्लेख गर्दै उनले तीव्र आर्थिक वृद्धि र दिगो विकास गर्न सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र विकास मार्फत् उपलब्ध साधन एवं स्रोतको अधिकतम् परिचालन गर्ने कुरा संविधानमै समेटिएको बताए ।

सहकारीलाई तीन खम्बे अर्थ नीति मध्येको एक खम्बा मानिएको उल्लेख गर्दै प्रमुख शर्माले पूँजीवादी हैकम र सामन्ती शोषणबाट मुक्तिका खातिर सहकारी आन्दोलनलाई सामाजिक परिवर्तनको एउटा आयाम मान्न सकिनेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्