
ताप्लेजुङ । शनिवार बेलुका लागेको चट्याङले एक युवाको मृत्यु भएको छ ।
सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिन ल्हासा टोलका २३ वर्षीय मुकेश भट्टराईको चट्याङ लागेर मृत्यु भएको हो । पालिकास्तरीय भलिबल खेलाडीसमेत रहेका उनलाई चट्याङ लागेपछि तेल्लोक प्राथमिक उपचार केन्द्र पुर्याइएको थियो । तर, केन्द्रका स्वास्थ्यकर्मीले उनको मृत्यु भएको बताएका प्रहरीले जनाएको छ ।












