काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज जनकपुर पुगेका छन् । शहीद रामवृक्ष यादवको शालिक अनावरण गर्न उनी आज बिहानै जनकपुर पुगेका हुन् ।

यसअघि भदौ २ गते पनि प्रचण्ड जनकपुर पुगेर शहीद यादवको स्मृतिसभालाई सम्बोधन गरेका थिए । तत्कालीन नेकपा माओवादीले १० वर्षे जनयुद्ध सुरु नगर्दै २०५१ साल भदौ २ गते उनको हत्या भएको थियो ।
पार्टी केन्द्रीय समितिको आह्वानमा अघिल्लो दिन जनकपुरमा आयोजित कार्यक्रममा सहभागी भएर फर्किँदा यादवको हत्या भएको थियो ।












