सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले दुई जनालाई मनोनित गरेको छ । समितिले कोषाध्यक्ष पदमा खगिसरा आचार्य र प्रवक्तामा दमनबहादुर शाहीलाई मनोनित गरेको हो ।

प्रदेश सभापति ललितजंग शाहीले पार्टी विधान २०१७ (संशोधनसहित) धारा १३ (६) बमोजिम समितिकी सदस्य आचार्यलाई कोषाध्यक्ष र धारा १० (ङ) बमोजिम शाहीलाई प्रवक्तामा नियुक्त गरेका हुन् । त्यस्तै सभापति शाहीले पार्टी विधानबमोजिम प्रदेश संसदीय समितिमा ६ जना सदस्य मनोनित गरेका छन् ।
प्रदेश संसदीय समितिमा भूपेन्द्रजंग शाही, लंकबहादुर शाही, सीता वली, मिठु थापा कार्की, मोहन विक र पदमबहादुर लामालाई मनोनित गरिएको महामन्त्री कृष्णबहादुर रोकायले बताए । प्रदेश कार्यसमितिको बैठकले सभापतिलाई अधिकार प्रत्यायोजन गरेबमोजिम कोषाध्यक्ष, प्रवक्ता र संसदीय समितिमा रिक्त पदहरूमा मनोनित गरिएको जनाइएको छ ।












