Logo
Logo

रुख काटेको विषयमा भडप हुँदा घाइते भएकी महिलाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


लहान, ६ असार । सिसौको रूख काटेको विषयमा झडप हुँदा घाइते भएकी सिरहाको लहान नगरपालिकाकी एक महिलाको शुक्रबार मृत्यु भएको छ ।
रूख काटिएको विवादमा लहान नगरपालिका–१५ निवासी आशाराम महतो र उनका भाइ सुमेश्वर महतोले कुटपिट गर्दा घाइते भएकी लहान नगरपालिका–९ गोठ टोल निवासी ५३ वर्षीया तेतरीदेवी महतोको मृत्यु भएको हो ।
सिसौँँ रूख काटेको विषयमा विवादमा दाइ–भाईको कुटाइबाट घाइते तेतरीदेवीलाई लहान अस्पतालमा भर्ना गरिएकामा उपचार गराएर घर फर्केपछि शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । तेतरीदेवीको मृत्यु भएपछि कुटपिट गर्ने दुवै दाजुभाइ फरार भएका छन् । उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्