Logo
Logo

विधेयक पारित गर्न संसदीय समितिलाई मन्त्री बास्कोटाको दबाव


- दृष्टि न्युज/संवाददाता


File Photo

काठमाडौं, ६ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चर्चा र विवादमा रहेको सञ्चारसम्बन्धी विधेयक तत्काल पारित गर्न संसदीय समितिलाई दवाव दिएका छन् ।
मन्त्री बास्कोटाले संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा उक्त विधेयक तत्काल पारित गर्न समितिका सदस्यहरुलाई दबाब दिएका हुन् । उनले सो विधेयकसँग पत्रकारहरुलाई समितिका सदस्यहरुले जोड्ने गरेको भन्दै आपत्तिसमेत जनाए ।
प्रेस स्वतन्त्रतामाथि हनन् हुने गरी सो विधेयक ल्याएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ । तर, मन्त्री बास्कोटाले उक्त विधेयक पत्रकारसँग कुनै सरोकार नभएको भन्दै त्यसलाई पत्रकारहरुसँग जोडेर नहेर्न समितिका सदस्यहरुलाई आग्रह गरेका थिए ।
मन्त्री बास्कोटाले भने, ‘सहमतिको नाममा सो विधेयक छलफल गरिएको दुई महिना बित्दा पनि पारित हुन नसक्नु राम्रो कुरा होइन । गलत चीजहरु छन् भने त्यसमा काफी छलफल गरिएको छ ।’ उनले विधेयक सामाजिक सञ्जालका कारण पीडितहरुको संख्या बढदै गएपछि त्यसलाई न्यूनिकरण गर्ने गरी कानुनी व्यवस्था गर्न लागिएको पनि दावी गरे ।

प्रतिक्रिया दिनुहोस्