Logo
Logo

निगमका कारण राणा बिरामी


2.3k
Shares

काठमाडौं । बैंककबाट स्वास्थ्य उपचार सकेर काठमाडौं आउने तयारीमा रहनुभएका नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर हिमालयशम्शेर जबरा नेपाल वायुसेवा निगमको हेलचक्र्याइँका कारण पुनः अस्पताल भर्ना हुनुभएको छ ।

नेपाल वायुसेवा निगमको उडान नं. आर ए ४०२ बाट गत शुक्रबार काठमाडौं आउन लाग्नुभएका उहाँ उक्त दिनको उडान रद्द भएपछि निगमले उपलब्ध गराएको एक होटलमा बस्नुभएको थियो ।

निगमको जहाजको टायर ‘पन्चड’ भएर जहाज बैंककमा थन्किएपछि यात्रुहरु तीन दिनसम्म बैंककमा अलपत्र परेका थिए । त्यही अलपत्र यात्रुहरुमध्ये एक जबरा जहाजको उडान कुर्दा कुर्दा ‘टेन्सन’ भएर होटलमै बिरामी पर्नु भएपछि उहाँलाई पुनः अस्पताल भर्ना गर्नुपरेको राणाका पारिवारिक स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्