Logo
Logo

शिल्भा र रेनी भए ‘मिस्टर एण्ड मिस एसईई ग्ल्याम’


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ७ असार । ‘मिस्टर एण्ड मिस एसईई ग्ल्याम–२०१९’को शिर्ष उपाधि शिल्भा भट्टराई र रेनी गुरुङले जितेका छन् । शिल्भा मोष्ट ट्यालेन्ट, बेष्ट र्याम्पवाक उपाधिसहित पुरुषतर्फ विजेता छानिँदा रेनी भ्युअर्स च्वाइस्, पब्लिक च्वाइस् र बेष्ट स्किन उपाधिसहित महिलातर्फ शिर्ष बिजेता घोषित भइन् ।
ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा आयोजना गरेको प्रतियोगितामा केटा तर्फ सिमोन तामाङ मस्टफोटोजेनिक, म्यानेजमेन्ट च्वाइस् सहित फष्ट रनरअप, प्रतिक केसी बेष्टपर्सनालिटी सहित सेकेन्ड रनरअप र अनित राई फेसवुक च्वाइस्सहित थर्डरनरअप घोषित भए । प्रतियोगितामा पब्लिक च्वाइस्, भ्युवर्स च्वाइस् र मष्टपपुलर उपाधि कमल श्रेष्ठले हात पारे ।
त्यस्तै, महिलातर्फ सुभेच्छा वाग्ले बेष्ट र्याम्पवाक र मष्ट फोटो जेनिकसहित फष्टरनरअप, क्रिपा ढकाल मिस ट्यालेन्टसहित सेकेन्ड रनरअप र स्वस्तिमा खड्का बेष्ट स्माइलसहित थर्डरनरअप विजेता विजेता बनेका छन् ।
आकाश गिरी इभेन्ट म्यानेजर रहेको प्रतियोगितामा महिलातर्फ सृष्टि कला राई मष्टपपुलर, बर्षा बोहरा फेसवुक च्वाइस्, बेष्टडान्स र युट्युव बेष्टभ्युज, रचना श्रेष्ठ सोसियल रेस्पोनसिवल, ऐश्वर्या तन्डुकार बेष्टहेयर, सुस्मिता रानाभाट बेष्ट डिस्पिलिन, अन्जना रावल बेष्टस्पिच, मेन्खु शेर्पा मस्टफिटनेस, सर्किला कार्की मस्ट फ्रेन्डली, दिलासा मगर म्यानेजमेन्ट च्वाइस, बेष्टसिंगर स्मृति पौडेल बन्न सफल भए ।
अश्विनी झाको कार्यक्रम संचालन तथा कोरियोग्राफी रहेको प्रतियोगिताको निर्णायकमा अभिनेता रमेश बुढ़ाथोकी, हिस्सानका अध्यक्ष तथा गोल्डेन गेट कलेजका प्रमुख रमेश सिलवा, अध्यापक तथा संगीतकार सरोज प्याकुरेल, अभिनेता गजित बिष्ट, गायक तथा डाक्टर आभास लाभ, आईडीयल स्कूलका संस्थापक पूर्ण लामा, मिसेस नेपाल इंटरनेशनल तथा मिसेस एसिया प्यासिफिक चंन्दा थापा गिरी रहेका थिए ।
एसईई दिएर बसेका केटाकेटीको प्रतिभा निखार्दै उनीहरुको भविष्य सुधार्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका सिइयो प्रिती कार्कीले जानकारी दिइन् । बिभिन्न सांगीतिक कार्यक्रम सहित प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्