Logo
Logo

भुवन केसी काठमाडौं महानगरको प्रमुखमा उठ्दै



काठमाडौं । अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको प्रमुखमा उठ्दैछन् । केसी उन्नत लोकतान्त्रिक पार्टीबाट काठमाडौंको प्रमुखमा उठ्न लागेका हुन् ।

स्वागत नेपाल अध्यक्ष रहेको उक्त पार्टीले काठमाडौंको प्रमुखमा भुवन र उपप्रमुखमा रेश्मा लामालाई उठाउने भएको हो । केसीको चुनाव चिह्न किताब हुनेछ । प्रमुख पदका उम्मेदवार केसीले महानगरवासीलाई सहरिया गरिबी, डेरावाल व्यवस्थापन सम्बन्धी समस्या र घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने पार्टीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्