Logo
Logo

अञ्जुको स्वरमा ऋचा र आयानको प्रेम


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ असार । नेपाली गायन क्षेत्रकी चर्चित गायिका अञ्जु पन्तको स्वरमा ‘गीत तिम्रो’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । पुरुषोत्तम न्यौपानेको संगीत रहेको उक्त गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ ।
गीतको भिडियोमा नायक आयान बज्राचार्य र मोडल ऋचा थापाको अभिनय रहेको छ । सञ्चारकर्मी सविन प्रियासनको शब्द रहेको यो गीत ‘प्रियासन’ एल्वममा समावेश छ । गोदाबरीमा छायांकन गरिएको भिडियोमा प्रेम रोमान्सलाई देखाइएको छ ।
प्रिन्सपन कार्कीको निर्देशनमा तयार भएको उक्त भिडियो उत्सब दाहालले खिचेका छन् हुने भिडियो नवीन निरौलाले सम्पादन गरेका हुन् । भिडियोको मेकिङ चलचित्रको शैलीमा छ । उत्कृष्ट लोकेशन र मेकिङले गर्दा दर्शकले भिडियोबाट पनि थप मनोरञ्जन लिन सक्नेमा रचनाकार प्रियासन आशावादी छन् ।
‘इतिहास’, ‘कालापानी’लगायतका चलचित्रमा अभिनय गरिसकेका नायक आयान पुनः अभिनयमा जम्ने सोँच सहित फर्किएका छन् । नायक आयनले अभिनय गरेका अन्य गीतहरु पनि केही समयमा नै सार्वजनिक गर्ने तयारी गरिएको छ । लामो समय देखि अभिनयमा क्रियाशिल रिचाको पनि हालसम्म दर्जनौ म्यूजिक भिडियो आइसकेका छन् भने उनले अभिनय गरेको लभ्यु हमेसा चलचित्र पनि पर्दशनको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्