Logo
Logo

लुम्बिनीमा गठबन्धनलाई मजबुत बनाउने निर्णय



काठमाडौं । लुम्बिनी प्रदेशमा पाँच दलीय सत्ता गठबन्धनबीच स्थानीय निर्वाचनमा तालमेल गर्ने र गठबन्धनलाई मजबुत बनाउने निर्णय भएको छ ।

बिहीबार साँझ पाँच दलको बैठक बसेर निर्वाचनमा तालमेल गर्ने र गठबन्धनलाई मजबुत बनाउने निर्णय भएको हो ।

बैठकमा पाँच वटै दलका नेताहरुले स्थनीय तहको निर्वाचनको लागि सबै जिल्लाको आ–आफ्नो दलको मतको धरातलीय अवस्था चैत २६ सम्म तयार गरी गठबन्धनको संयन्त्रमा ल्याउने र २७ गते अर्को बैठक बस्ने निर्णय भएको छ ।

चैत २७ गते बस्ने बैठकले प्रदेशस्तरीय चुनावी कार्ययोजना पारित गर्ने नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

प्रदेशका १०९ स्थानीय तहमै मत विश्लेषणका आधारमा सम्मानजनक रूपमा सिट बाडफाँट गरी गठबन्धनलाई व्यवहारिकरुपमा मजबुद र बलियो बनाउने सहमति भएको नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष चौधरीले बताए ।

यसअघि बुधबारको बैठकले पाँच दलले संयुक्त आमसभा गर्ने लगायतका निर्णय गरेका थिए । माओवादी केन्द्रका लुम्बिनी इञ्चार्ज चक्रपाणि खनाल, मुख्यमन्त्री कुल प्रसाद केसी सहितको बैठकमा नेपाली कांग्रेस कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनमगर, नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बराल, नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष मेटमणी चौधरी, जनता समाजवादी पार्टी लुम्बिनीका अध्यक्ष अशोकुमार यादव, राष्ट्रिय जनमोर्चाका लुम्बिनी उपाध्यक्ष बद्रे आलम सहभागी दिए ।

प्रतिक्रिया दिनुहोस्