Logo
Logo

उपत्यकामा २१ जुवाडे पक्राउ


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ असार ।
प्रहरीले छुटा छुट्टै घटनामा जुवातास खेल्ने २१ जनालाई नगद ६ लाख ६ हजार ४ सय ८५ रूपैया सहित पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले शनिबार सूर्यबिनायक नगरपालिका ५ स्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले सल्लाघारी बस्ने सिन्धुपाल्चोकका गंगालाल श्रेष्ठ सहित १३ जनालाई नगद ६ लाख १ हजार ८५ रूपैया सहित पक्राउ गरेको छ ।


यसै गरी महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरी टोलीले शनिबार टोखा नगरपालिका ३ वानियाटारमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रामेछाप सुनापती गाउँपालिका ४ का लाल बहादुर तामाङ सहित ८ जनालाई ७५ हजार ४ सय रूपैया सहित पक्राउ गरेको छ । शनिबारको दिनमा राजधानीमा दर्जनौं मिनि क्यासिनो सञ्चालन हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्