Logo
Logo

मेयर चौधरीलाई इटहरी नगरबासीको सम्मान (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


इटहरी, ८ असार । सुनसरीको इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी पछिल्लो केही सातायता चर्चासँगै विवादमा छन् । मेयर चौधरीले इटहरीबाट भ्रष्टाचारको जरो उखल्ने उद्घोष गरेसँगै कडारुपमा उत्रिएका छन् ।
यसैक्रममा मेयर चौधरीलाई साथ दिँदै भ्रष्टाचार मुक्त बनाउने अभियानका साथ नगरवासीहरू सडकमै उत्रिएका छन् । नगरवासीले मेयर चौधरीले अघि बढाएको भ्रष्टाचार बिरूद्धको कदमलाई स्वागतम भन्दै उनको समर्थनमा नारावाजीसमेत गरेका थिए ।
भ्रष्टाचार बिरूद्धको अभियान अन्तर्गत बिभिन्न नारासहित प्लेकार्ड बोकेर उपमहानगरवासीहरू स्वतः स्र्पुतरुपमा सडकमा निस्किएका थिए । उनीहरुले भ्रष्टाचार बिरुद्धको अभियानमा लागेको भन्दै मेयर चौधरीलाई सम्मानसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्