Logo
Logo

मधेशका जिल्लाहरुमा फेरिए ट्राफिक प्रमुख, रौतहटमा अनिलकुमार उप्रेती


रुपेन्द्र पटेल

9.6k
Shares

रौतहट । मधेश प्रदेशको जिल्लाहरुमा ट्राफिक प्रमुख फेरिएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख ज्ञानबहादुर माझीको सरुवा भएको छ । उनको ठाउँमा अनिलकुमार उप्रेती आउने भएका छन् ।

प्रहरी प्रधान कार्यालयले एकैपटक ६ सय ७३ जना इन्सपेक्टरको सरुवा गरेकामा मधेश प्रदेशका ट्राफिक प्रमुखहरु पनि फेरिएका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार धनुषामा अब चन्द्रभुषण यादव नयाँ ट्राफिक प्रमुखको रुपमा आएका छन् । यादव यसअघि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटमा अपराध नियन्त्रण शाखामा थिए ।

त्यस्तै, सर्लाहीमा ईश्वर कार्की आएका छन् । उनी यसअघि महानगरीय प्रहरी कार्यालय रानीपोखरी ईन्टेलिजेन्स महाशाखा सूचना वितरण शाखा, काठमाडौंमा थिए । सप्तरीमा भने कमलजंग थापा आएका छन् । उनी यसअघि महानगरीय प्रहरीवृत सिंहदरबार, काठमाडौं अपराध नियन्त्रण शाखामा थिए ।

यस्तै, महोत्तरीमा किसन चन्द ठकुरी आएका छन् । उनी ईलाका प्रहरी कार्यालय आदर्श डोटीमा यसअघि थिए । सिरहामा टुपेन्द्र श्रेष्ठ आएका छन् । उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगाल, काठमाडौंमा थिए ।

यस्तै, पर्सामा ध्रुवप्रसाद दाहाल आएका छन् । उनी प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय नक्सालबाट यहाँ सरुवा भएका हुन् । बारामा सुदर्शन थापा आएका छन् । उनी जिल्ला प्रहरी कार्यालय सिन्धुपालचोकमा कार्यरत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्