Logo
Logo

जापानबाट भागे मदन खरेल


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ असार । नेपाल वायु सेवा निगमको यही असार १९ गते जापानको ओसाकामा गर्ने भनिएको नियमित उडान अचानक स्थगित गरेर जापान पुगेका निगमका कार्यकारी अध्यक्ष मदन खरेल अपमानित भएर स्वदेश फकँदैछन् ।
जापानको कान्साईबासी नेपालीहरुसँग खरेलको अन्तक्र्रिया गर्ने कार्यक्रम थियो । तर, खरेल भागेपछि कन्साईका नेपालीहरु उनीसँग रुष्ट बनेका छन् ।
जापान भ्रमणमा रहेका अध्यक्ष खरेल र निर्देशक टंकनिधि दाहाल शुक्रवार ओसाका पुगेका थिए । ओसाकामा केही सिमित ट्राभल एजेन्सीका प्रतिनिधिहरूसँग गोप्य रुपमा डिनर मिटिङ तय भएको थियो ।
ओसाकास्थित दिपरसना इण्डियन नेपाली रेस्टूरेन्टमा आयोजित कार्यक्रमबारे अप्रत्यक्ष रुपमा जानकारी पाएपछि ओसाका, क्योटो, कोबे, नारालगायतको ठाउँबाट करीब ४० जना नेपाली खरेललाई त्यहाँ पुगेका थिए ।
समाचार स्रोतका अनुसार जापानी समयअनुसार साँझको ६ बजे रेस्टुरेन्टमा पुगेको अध्यक्ष खरेलसहितको नेपाली टोली ८ बजे जापानी पाहुनाहरुलाई बिदाई गर्न निहुँमा बाहिर निस्किएर त्यतिकै भागेका थिए ।
किन नेपाली हरुलाई अपमानित गर्दै बिना जानकारी भागे खरेल ? भनेर त्यहाँका नेपालीहरु आक्रोशित भएका छन् ।
त्यहीँ साँझ सिमित आमन्त्रित जापानिजहरुसँगको चिनजान कार्यक्रम भयो । जसलाई नेपाल एयरलाइनका एक पर्सनल एजेन्ट भनिएका सुनिल केसीले सहजता गराएका थिए । त्यसपछि उपस्थित नेपालीहरुले खरेलसँग केही जिज्ञासा राख्ने विचार गरेका थिए । तर, खरेलले नेपालीहरुलाई भेट्न चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्