Logo
Logo

सचिनको ‘ए मान्छे’पछि माया सरर… (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ८ असार । पुराना चर्चित गायक सचिन रौनियारको नयाँ गीत ‘माया सरर’ सार्वजनिक गरिएको छ । केही समयअघि मात्र करिब १२ बर्षको अन्तरालमा ‘ए मान्छे’ बोलको सन्देशमूलक गीत दर्शकमाझ ल्याएका गायक रौनियारले यसपटक ‘माया सरर’ ल्याएका हुन् ।
सार्वजनिक गीतमा रौनियारलाई अर्का पुराना गायक जितेन लेप्चाले साथ दिएका छन् । गीतमा शब्द तथा संगीत जितेन लेप्चाको रहेको छ । सुब्रतराज आचार्यले निर्देशन गरेको उक्त भिडियोमा मोडल तथा नायिका आँचल शर्माले अभिनय गरेकी छन् ।
साथै, भिडियोमा गायक सचिन रौनियार र जितेन लेप्चाले पनि अभिनय गरेका छन् । धादिङको नौबिसेस्थित एक रिसोर्टमा छायाँकन गरिएको भिडियोमा नबराज उप्रेतीको सिनेमाटोग्राफी र बिकास ज्ञवालीको सम्पादन रहेको छ । गीत रोमान्टिक भएकाले दर्शक तथा श्रोताले ‘ए मान्छे’लाई जस्तै मनपरादिने गायक रौनियारको अपेक्षा छ ।

https://www.youtube.com/watch?v=1imsq9MgS3I

प्रतिक्रिया दिनुहोस्