Logo
Logo

राष्ट्रिय स्वास्थ्यकर्मी संघको नयाँ नेतृत्व सर्वसम्मत


567
Shares

काठमाडौं । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको नयाँ नेतृत्व सर्वसम्मतरुपमा चयन भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न महाधिवेशनबाट संघको नयाँ नेतृत्व सर्वसम्मतरुपमा चयन भएको हो ।

डा. झलक शर्मा गौतमको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय समिति चयन भएको जनाइएको छ । संघको महासचिवमा डा. सन्तोष पौडेल, चार जना उपाध्यक्षहरुमा रामहरि ढकाल, शारदा खनाल, जगत नेपाली र भीमराज सिंह चयन भएका छन् ।

त्यस्तै, उपमहासचिवद्वयमा हिमालय तिवारी र अमृता बराल तथा कोषाध्यक्षमा अञ्जु बस्नेत सर्वसम्मत चयन भएका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्