Logo
Logo

परशुराम खापुङद्वारा कृषि फार्मको अवलोकन



मोरङ । प्रदेश नं. १ का प्रमुख परशुराम खापुङले सुनसरीको धरानस्थित पिण्डेश्वर कृषि फार्मको अवलोकन गरेका छन् । प्रदेश नं. १ सहित देशलाई नै कृषिमा आत्मनिर्भर बनाएर आर्थिक समृद्धि हासिल गर्ने हेतुले स्थापित पिण्डेश्वर कृषि फार्म प्रालिले प्रदेश प्रमुखलाई अवलोकनका लागि निम्तो दिएको थियो ।

धरान– १४ को विजयपुरमा अवस्थित पिण्डेश्वर कृषि फार्ममा गाई, भैँसीलगायत पशुपालन गरिएको छ । व्यवसायी राजेन्द्र खापुङका अनुसार पशुपालनका साथै, खेती र व्यापारलाई पनि सँग–सँगै लैजाने योजना रहेको छ । अवलोकनका क्रममा प्रदेश प्रमुख खापुङले बुढासुब्बा, दन्तकाली मन्दिर, भताभुङ्गे राजाको दरबार, पिण्डेश्वर विद्यापिठको पनि दर्शन तथा भ्रमण गरेका थिए । विद्यापिठका प्राध्यापक डा. टंक न्यौपानेले अवलोकन भ्रमणलाई सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्