Logo
Logo

अमेरिका छिरेका १० जना नेपाली निष्काशित



काठमाडौं । गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेका १० जना नेपालीलाई त्यहाँको अत्यागमनले निष्काशन गरेको छ । गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन ।

अमेरिकाको अध्यागमनले गैरकानुनी रुपमा छिरेका नेपालीहरु राजु पौडेल, प्रविन बस्नेत, पेम्बा लामा, ध्रुव कुमार र शंकर विष्ट मगरलाई निष्काशन गरेको हो। अमेरिकाको अध्यागमनले लुकीछिपी बस्दै आएका छिरिङ, शेर्पा, तेज बुढाथोकी, मोहन पौडेल, तिलक राउतले र बिराज केसीलाई निष्काशन गरेको छ ।

आमागी दिनमा अमेरिका प्रवेश गर्न नपाउने गरी उनीहरुलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको हो । निष्कासित सबैलाई अमेरिकाले विमान चार्टर गरी केही दिनअघि काठमाडौं ल्याएको छ । गल्फ स्ट्रीम जहाजको भीएन ७४० एसएस को उडानबाट अमेरिकाले उनीहरुलाई निष्काशन गरेको हो ।

उनीहरुसँग नेपालको राहदानीसमेत थिएन। अवाञ्छित ढंगले अमेरिका प्रवेश गरेको सूचना पाएपछि त्यहाँको अध्यागमनले उनीहरुलाई पक्राउ गरेको थियो । अमेरिका प्रवेश गरेपछि उनीहरुले आफ्नो राहदानी लगायतका आवश्यक कागजात फालेका थिए ।

प्रतिक्रिया दिनुहोस्