Logo
Logo

अफगानिस्तानसँग पनि नेपाल पराजित


0
Shares

एजेन्सी । एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा पनि नेपाल अफगानिस्तानसँग पराजित भएको छ ।

छनोटबाट बाहिरिसकेको नेपाल मंगलवार आफ्नो अन्तिम खेलमा अफगानस्तानसँग ८–१ गोल अन्तरले पराजित भएको हो । किर्गिस्तानको विश्केकमा भएको खेलमा अफगानिस्तानका लागि अब्दुल गाफरले ह्याट्रिक तथा हामिद रिजा, मोर्टाजा मोहमदी, अलि अमिरि, रिजा करिमि र सायद महदीले एक–एक गोल गरे । त्यस्तै, नेपालका लागि एक मात्र गोल सुमित श्रेष्ठले गरे ।

छनोटअन्तर्गत नेपाल पहिलो खेलमा उज्वेकिस्तानसँग ५–१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ११–१ गोल अन्तरले पराजित भएको थियो । एएफसी फुटसल एसियन कप छनोट प्रतियोगिताको समूह ’बी’ मा रहेको नेपालले कुनै पनि खेल जित्न सकेन । तीन गोल गरेको नेपालले २४ गोल व्यर्होनुपर्यो ।

प्रतिक्रिया दिनुहोस्