Logo
Logo

‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता हुँदै


315
Shares

इलाम । नयाँ वर्षको अवसरमा इलाममा आजदेखि ‘माउन्टेन बाइक एडभेन्चर च्यालेन्ज’ प्रतियोगिता सुरु हुँदैछ ।

उक्त प्रतियोगिता सूर्योदय नगरपालिकामा हुन लागेको हो । एघार किलोमिटर दूरीमा हुने उक्त प्रतियोगिातको विजेताले रु. २० हजारसहित ट्रफी प्राप्त गर्नेछन् । दोस्रोले रु. १५ हजार र तेस्रोले रु. १० हजारसहित ट्रफी पाउनेछन् । प्रतियोगितामा ३० वर्षमाथि उमेर समूहकाले प्रतिस्पर्धा गर्न पाउने छन् ।

प्रतियोगितामा इलामसहित, झापा, मोरङ, सुनसरी र पाँचथरका गरी ५० जनाभन्दा बढीको सहभागिता रहने संयोजक शरण फागोले जानकारी दिए । फिक्कल चोक बजारबाट सुरु हुने सो प्रतियोगिता नयाँ चोक–केराबारी–आले–शहीद चोक– १० नं. वडा कार्यालय–फिक्कल रिङ रोड, बरबोटे हुँदै चोक बजारमा आएर समाप्त हुनेछ ।

‘स्वास्थ्यका लागि साइकल प्रयोग गरौँ’ भन्ने सन्देश प्रवाह गर्न प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताबाट पर्यटक आकर्षित गर्न सकिने अपेक्षा आयोजकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्