Logo
Logo

कर्णालीमा गठबन्धनको बैठक बस्दै



कर्णाली । कर्णाली प्रदेशमा पाँचदलीय गठबन्धन संयन्त्रको बैठक आज बस्दैछ ।

वीरेन्द्रनगरस्थित नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यालय दिउँसो बैठक बस्न लागेको हो । माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीका अनुसार मंगलवार स्थानीय निर्वाचनमा सत्ता गठबन्धनले तय गरेको भागबण्डाको मापदण्डलगायत निर्वाचनसम्बन्धी रणनीति तयार गर्ने विषयमा बैठकमा छलफल हुनेछ । यसअघिका बैठकहरूमा प्रदेशमा दलहरूले ०७४ को चुनावमा प्राप्त गरेको मत परिणाम के–कस्तो थियो भन्नेबारे रिपोर्टिङ प्रस्तुत भएको थियो ।

गठबन्धनभित्रका दलहरूमध्ये ०७४ मा सबैभन्दा बढी जनमत माओवादी केन्द्रको रहेको थियो । एमाले विभाजनपछि एकीकृत समाजवादीको जनाधार विभाजित बनेकाले एकीकृतले त्यही अनुसारको रिपोर्ट प्रस्तुत गरेको थियो भने नेपाली कांग्रेसको जनमत ०७४ मा तेस्रो स्थानमा थियो ।

प्रतिक्रिया दिनुहोस्