Logo
Logo

भ्रष्ट गठबन्धन सरकारलाई एमालेले डस्टबिनमा फाल्छ : ओली



विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका कारण अर्थतन्त्र ध्वस्त भएको भन्नेहरूको मानसिक अवस्था ठिक नभएको बताएका छन् ।

बुधबार बिहान विराटनगर विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले ९ महिना सरकारको नेतृत्व गरेर अर्थतन्त्र ध्वस्त बनाएर आफूमाथि आरोप लगाउनेहरु मानसिक असन्तुलनको उपज भएको बताए ।

फाइल फोटो

अध्यक्ष ओलीले भने, ‘९ महिनामा अर्थतन्त्र ध्वस्त पार्ने अनि पहिलेको सरकारले यस्तो गर्यो भन्ने कुरा मानसिक सन्तुलनमा समस्या हो कि भन्ने सन्देह पैदा हुन्छ । त्यस्तो कसैले भनेको हो कि होइन मैले सुनेको छैन । त्यतिसारो भनेको हो भने त्यो मानसिक असन्तुलन भएको हो कि भन्ने सन्देश पैदा हुन्छ ।’

गठबन्धन दलको सरकार भ्रष्ट भएकाले यसलाई डस्टबिनमा फाल्नुपर्ने उनको भनाइ छ । ‘गठबन्धनको भ्रष्ट सरकारलाई एमालेले डस्टबिनमा फाल्छ’ ओलीले भने । सोहीक्रममा राप्रपा वा अन्य दलसँग पनि मिलेर एमाले निर्वाचनमा जान सक्ने बताए ।

विप्लवलाई देखाएर निर्वाचन सार्ने षड्यन्त्र भएका कारण आफूले सूर्य चिन्हमा चुनाव लड्न अपिल गरेको बताउँदै ओलीले निर्वाचन संविधानअनुसार हुनैपर्नेमा जोड दिए । उनले भने, ‘विप्लवलाई अगाडि देखाउने हो कि भन्ने शंका लागेर मैले त्यस्तो अपिल गरेको हुँ र लोकतन्त्रका लागि संविधानअनुसार निर्वाचन हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्