Logo
Logo

नयाँ वर्षसँगै राजनीतिक स्थिरता र स्थायित्व सुदृढ होस् : केदार कार्की



विराटनगर । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले नेपालको संविधान जारी भएपछि स्थापित प्रदेश संरचनाले जनताका आवश्यकतासँगै विकासका कामहरू पनि थप भइरहेको बताएका छन् ।

नव वर्ष– २०७९ साल प्रारम्भको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले जनअपेक्षा अनुसार काम गरेर जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व पूरा गर्ने बताए । उनले भनेका छन्, “राजनीति पेशा होइन सेवा हो । जनप्रतिनिधि जनताको शासक होइन, सेवक बन्नुपर्दछ । प्रदेश सरकार र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनभावना अनुसार कार्यसम्पादन गरिरहेको छ । आफू जिम्मेवारीमा रहँदासम्म जनताको मनमा बसेर जनभावना अनुसारका काम गर्ने अठोट लिएको छु । नयाँ वर्षको आगमनसँगै मुलुकमा राजनीतिक स्थिरता र स्थायित्व अझ बढी सुदृढ कायम हुनेछ भन्ने अपेक्षा गरेको छु ।”

आपसी सहकार्य र सहमतिले मात्र मुलुकलाई अगाडि बढाउन सहज हुने भएकाले अग्रगामी निकासका लागि दृढ संकल्प आवश्यक भएको उल्लेख गर्दै उनले असल जनप्रतिनिधिको पहिचान बनाउनु आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्