Logo
Logo

दुर्घटना हुँदा क्यालिफोर्नियामा एक जना नेपालीको मृत्यु



काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यमा दुर्घटनामा परी एक नेपाली युवाको मृत्यु भएको छ ।

क्यालिफोर्निया राजमार्ग प्रहरीका अनुसार अर्को गाडीले आफ्नो गाडीलाई ठक्कर दिँदा ३२ वर्षीय प्रज्ज्वलविक्रम विष्टको निधन भएको हो । घटनास्थलमै उनलाई मृत घोषित गरिएको अमेरिकी प्रहरीले जनाएको छ । क्यालिफोर्नियाको साक्रामेन्टो सहरमा भएको उक्त दुर्घटनामा अर्का चालक भने गम्भीर घाइते भएका छन् । घाइते २५ वर्षीय चालकको युसि डेविस मेडिकल सेन्टर(चिकित्सा केन्द्र)मा उपचार भइरहेको छ । प्रज्ज्वल वरिष्ठ गायक ओमविक्रम विष्टका आफन्त हुन् ।

आफ्नो गाडीमा रातो बत्तीमा बसी रहेका बेला अर्को गाडीले ठक्कर दिएपछि उनको मृत्यु भएको गायक विष्टले जानकारी दिए । गत बिहीवार अप्रिल १४ का दिन राति सो दुर्घटना भएको बताइएको छ । गायक विष्टका अनुसार मृतककी आमा मुना विष्ट हाल नेपालमा रहेकी र बुवा अनन्तविक्रम विष्ट १५ वर्षदेखि अमेरिकामै रहेका छन् । विष्टले मृत आत्माको चीर शान्तिको कामना गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्