Logo
Logo

पुरस्कारका लागि अक्षय कोष स्थापना



विराटनगर । नेपाल प्रेस युनियन सुनसरी शाखाले रु. पाँच लाखको अक्षयकोष स्थापना गरेको छ । शाखाले एसजी अर्गनाइजेशनसँगको समन्वयमा सो राशि बराबरको अक्षयकोष स्थापना गरेको हो ।

अक्षय कोषका लागि शाखाका सभापति पवन अधिकारी र अर्गनाइजेशनका तर्फबाट अध्यक्ष शिव घिमिरेले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । शाखाले सो कोषमार्फत प्रत्येक वर्ष सुनसरीमा कार्यरत एक पत्रकारलाई रु. ५१ हजार १०० राशिको र सोही संस्थासँगको सहकार्यमा प्रत्येक वर्ष राष्ट्रियस्तरमा कार्यरत एक पत्रकारलाई रु. एक लाख एक हजार राशिको गोविन्द–खेमकुमारी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।

व्यवसायी घिमिरेले आफ्ना बुवाआमाको स्मृतिमा युनियनसँगको सहकार्यमा सो कोष स्थापना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्