Logo
Logo

संघीय प्रहरीलाई शक्तिशाली बनाउनुपर्ने आईजिपी खनालको जोड


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ असार ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केन्द्रीय प्रहरीलाई शक्तिशाली बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिन सक्ने कानुनी प्रावधान हुनुपर्ने उनको भनाई छ ।

खुला सीमा भएका प्रदेशहरुमा हुन सक्ने राष्ट्रिय सुरक्षामाथिको खतरालाई ध्यानमा राखेर प्रदेश प्रहरीलाई संघीय प्रहरीको निर्देशन अनुसार अघि बढने कानुनी व्यवस्था गर्न अति जरुरी रहेको उनले बताए । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार उनले ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा उनले मुलुकको भूसंवेदनशीलतालाई ध्यानमा राखेर प्रदेश प्रहरीले संघीय प्रहरीसँग सहकार्य गरेर अघि बढनुको विकल्प नरहेको बताए ।
खनालले प्रदेश प्रहरीले सम्बन्धित प्रदेशको आन्तरिक सुरक्षाको जिम्मा लिएपनि वीरगंज, भैरहवा, विराटनगरजस्ता नाकाहरुबाट आउन सक्ने राष्ट्रिय सुरक्षाको चुनौतिलाई सामना गर्न संघीय सरकारको सहकार्य र निर्देशन आवश्यक हुने बताए ।

खनालले सीमा जोडिएका प्रदेशहरु सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील भएकाले त्यसलाई ध्यानमा राखेर सुरक्षा सम्बन्धि कानुन तय गर्नुपर्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्