Logo
Logo

लागुऔषधसहित तीन पक्राउ


- दृष्टि न्युज/संवाददाता


कावासोती, १३ असार । प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमाराबाट राजमार्गमा खटिएको प्रहरीको टोलीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो ।
भैरहवाबाट काठमाडौँका लागि छुटेको लु१ख ९११३ नंको बसमा सवार काठमाडौँ महानगरपालिका–२ बस्ने २५ वर्षीय सन्दीप रजकलाई पक्राउ गरिएको हो । उनको साथबाट नुर्फिन ११९ थान, डाइजापाम ११५ थान र फेनरागन ११८ थान गरी जम्मा ३५२ थान लागुऔषध साथै प्रयोग भइसकेको सिरिन्ज तीन थानसमेत बरामद गरिएको छ ।
यस्तै सोही स्थानमा बझाङबाट काठमाडौँका लागि छुटेको ना६ख १३३३ नंको बसमा सवार ललितपुरका २६ वर्षीय विक्रम थोकर र ललितपुरकै महालक्ष्मी नगरपालिका–३ का ३७ वर्षीय श्यामसुन्दर पौडेललाई लागुऔषधसहित पक्राउ गरेको छ ।
उनीहरुको साथबाट लागुऔषध नुर्फिन १०९ थान, डाइजापाम १०९ थान र फेनरागन १०९ थान गरी जम्मा ३२७ थान लागुऔषध बरामद गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए । रासस

प्रतिक्रिया दिनुहोस्