Logo
Logo

विराटनगर महानगरबाहेकका पालिकामा एमालेले टुंग्यायो उम्मेदवार



विराटनगर । नेकपा एमालेले मोरङका १७ मध्ये १६ पालिकामा उम्मेदवार टुंगो लगाएको छ । विराटनगर महानगरपालिकाबाहेकका पालिकामा उम्मेदवारको टुंगो लगाएको हो ।

एमाले मोरङ सचिव रुपेश खतिवडाका अनुसार मिक्लाजुङ गाउँपालिका अध्यक्षको टिकट नरेन्द्र ढुंगेल र उपाध्यक्षको टिकट निर्मला राईले पाएका छन् ।

यस्तै, उर्लाबारी नगरपालिका प्रमुखको टिकट गंगा खरेल र उपप्रमुखको टिकट मिना पौडेललाई दिने निर्णय भएको छ भने रतुवामाई नगरपालिका प्रमुखको टिकट दुर्गा विष्ट र उपप्रमुखको टिकट दयामन्ता चुडालले पाएकी छन् ।

यस्तै, सुनबर्सी नगरपालिका प्रमुखमा श्याम राजवंशी र उपप्रमुखको टिकट मिरा दासले पाएका छन् भने रंगेली नगरपालिकाको मेयरको टिकट दिलीप बगडीया र उपमेयरको टिकट भुमा पराजुलीले पाएका छन् ।

धनपालथान गाउँपालिका अध्यक्षको टिकट मुसहरू मण्डल र उपाध्यक्षको टिकट उपासीदेवी रावंशीले पाएका छन् । ग्रामथान गाउँपालिका अध्यक्षको उम्मेदवार शिवनारायण माझी र उपाध्यक्षको उम्मेदवार गुणवती धामी हुने भएकी छन् ।

बुढीगंगा गाउँपालिकामा अध्यक्षको उम्मेदवार बलभद्र सरदार र उपाध्यक्षको उम्मेदवार तुलसा कुँवर विष्ट बन्ने भएका छन् भने कटहरी गाउँपालिका अध्यक्षको टिकटसुवास सरदार र उपाध्यक्षको उम्मेदवार सीता राजवंशी बनेकी छन् । जहदा गाउँपालिकाअध्यक्षमा यशोदा गिरी र उपाध्यक्षमा अनिता सोरेनले उम्मेदवारको टिकट पाएका छन् ।

पथरी शनिश्चरे नगरपालिका प्रमुखमा मोहन तुम्बापो र उपप्रमुखमा देवीमाया काफ्लेले टिकट पाएका छन् भने कानेपोखरी गाउँपालिका अध्यक्षको टिकट राजमती इङनाम र उपाध्यक्षमा भोला अधिकारीले पाएका छन् ।

लेटाङ नगरपालिका प्रमुखको टिकट भुपेन्द्र लावती र उपप्रमुखको टिकट कृष्णकुमारी निरौलाले पाएका छन् । केराबारी गाउँपालिका अध्यक्षको टिकट सुमन मिरिङदेन र उपाध्यक्षको टिकट मनमाया मगरले पाएका छन् । सुन्दरहरैचा नगरपालिका प्रमुखमा केदार गुरागाई र उपप्रमुखमा अकली चौधरीले टिकट पाएका छन् ।

यस्तै, बेलबारी नगरपालिका प्रमुखको टिकट डिपी राई र उपप्रमुखमा गंगा श्रेष्ठले टिकट पाएका छन् । प्रमुखमा ज्ञानेन्द्र सुवेदीको पनि सम्भावना रहेको बताइएको छ । विराटनगरको मेयर र उपमेयरको उम्मेदवार आजै साँझसम्ममा टुंगो लगाउने एमाले मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्