Logo
Logo

जसपा त्यागेर मेयर पदमा स्वतन्त्र उम्मेदवार दर्ता



विराटनगर । जनता समाजवादी पार्टी (जसपा) त्यागेका उमेश यादवले महानगरको विराटनगर महानगरको मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । उनले शनिबार मात्रै मेयरमा टिकट नपाउने भएपछि जसपा त्यागेका थिए ।


आइतबार निर्वाचन अधिकृतको कार्यालयमा दलबलसहित पुगेका यादवले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । २०७४ को निर्वाचनमा जसपाबाट महानगर मेयर लडेका यादव तेस्रो भएका थिए । उनी मेयर पदमा दाबी गर्दै गठबन्धनको नाममा मेयर छोड्न नहुने पक्षमा थिए । अहिलेसम्म विराटनगर महानगरपालिकाको वडा नम्बर ८, ९ र १० मा उम्मेदवारी दर्ता भएको छ ।

जसमध्ये वडा नम्बर ९ मा नेपाल सद्भावना पार्टीका किशोरकुमार सलवारले वडाध्यक्षमा उम्मेद्वारी दिएका छन् भने वडा नम्बर १० मा स्वतन्त्र उम्मेद्वार माधवराज वाग्ले र वडा नम्बर ८ मा पनि स्वतन्त्र उम्मेद्वार फूल महमदले उम्मेखवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्