Logo
Logo

पोखरामा एमालेबाट मेयर उपमेयरमा मनोनयन दर्ता



कास्की । पोखरा महानगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
सोमबार मेयरका उम्मेदवार कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरूङले मनोनयन दर्ता गरेका हुन् ।

मनोनयन गर्न जाने क्रममा मेयरका उम्मेदवार थापाले २५ वर्षपछि पोखराको मेयरमा प्रतिस्पर्धा गर्न पाउनु आफ्नो शौभाग्य बताए । उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरूङले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न लागेको बताइन् । उनले आइतबार मात्रै आफू उपमेयरमा उठ्ने रहर नभएको बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्