Logo
Logo

हत्याका अभियुक्त ३० वर्षपछि समातिए


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ असार ।
खुँन डाँका हत्याका अभियुक्त तीन वर्षपछि पक्राउ परेका छन् ।
लमजुङका भ्यान्टे कामीलाई प्रहरीले पक्राउ गरेको हो । २०४६ साल भाद्र ३ गते राति ८ वजे लमजुङको दुधपोखरी गा.पा. ४ स्थित वुध सिं को कोदो वारीमा धेरै पैसा वोकी आएको शंकामा बेद प्रकास पोखरेल लाई लुटपाट गर्ने उद्देश्यले भ्यान्टे कामी समेत ५ जनाको टोलीले ढुङ्गाले टाउकोमा हानि बेद प्रकास पोखरेलको हत्या गरि चेपे नदीको त्रीवेणी भन्ने ठाँउमा लास र मृतकको झोला फालिदिएको र निजले वोकेको करिव ४ हजार नगद वाडिचुडी लिएकोाक थिए ।


सो घटनामा लमजुङ जिल्ला अदालतवाट मिति २०४८÷११÷१३ मा जन्मकैदको फैसला भई सर्वोच्च अदालतवाट समेत सोही फैसला सदर भएको थियो । सो घटनामा संलग्न भ्यान्टे कामीलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले मिति शुक्रबार लमजुङ दुधपोखरी गा.पा. ४ बाट पक्राउ गरि कैद सजाय भुक्तानको लागि जिल्ला कारागार पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्