
काठमाडौं । बागी उम्मेदवारीबारे निर्णय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा जारी छ । साझा उम्मेदवारविरुद्ध परेका बागी उम्मेदवारबारे छलफल गर्न पाँच दलीय गठबन्धनको बैक बालुवाटारमा बसेको हो ।
बैठकमा गठबन्धनले दिएका उम्मेदावरीविरुद्ध परेका बागी उम्मेदवारीबारे छलफल हुने बताइएको छ । उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन हो ।
गठबन्धनका उम्मेदवारविरुद्ध देशभर बागी उम्मेदवारी परेका छन् । गठबन्धनको १४ बैशाखमा बसेको बैठकले बागी उम्मेदवारी फिर्ता लिन र गठबन्धन भित्रका दलले एमालेसँग गरेको तालमेल खारेज हुने चेतावनी दिएको थियो ।











