Logo
Logo

विराटनगरमा मेयरका तीनसहित २३ जनाले फिर्ता लिए उम्मेदवारी



विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका ३ जनासहित २३ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।

यसरी फिर्ता गर्नेहरूमा राष्ट्रिय जनमोर्चाका टंकप्रसाद गौतम, माओवादीकी नेतृ शारदा मैनाली र नेपाल परिवार दलका महेश निरौला रहेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुख पदका २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरुमा स्वतन्त्र उम्मेदवार उद्धवप्रसाद कोइराला र नेपाल परिवार दलका दीपक पोखरेल रहेका छन् । उम्मेदवारी फिर्ता लिनेमा उपमेयरका पाााच उम्मेदवार पनि रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै, उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएकी माओवादी नेतृ नमिता न्यौपानेले आफ्नो उम्मेदवारी कायम रहेको बताएकी छन् । प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका नेता उमेश यादवले पनि उम्मेदवारी कायमै राखेका छन् ।

गठबन्धन दलबीच अन्तिम समयमा वडाको भागबण्डा गराउन पहल गरेको भएपनि सार्थक नभएको नेताहरुले बताएका छन् । कांग्रेस, माओवादी, जनता समाजवादी र नेकपा एसका कुनैपनि वडाध्यक्षका उम्मेदवारले आफ्नो मनोनयन फिर्ता नलिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्