Logo
Logo

१४ जना बागी उम्मेदवारमाथि माओवादीको कारबाही



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ ले प्रदेशका विभिन्न जिल्लामा बागी उम्मेदवारी दिने १४ जनालाई कारबाही गरेको छ ।

बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएको भन्दै प्रदेश समितिले १४ जनालाई कारबाही गरेको हो ।

ती मध्ये केही तीन जनालाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको छ भने बाँकीलाई प्रदेश समितिले नै निलम्बन गरेको हो ।

कारबाहीमा पर्नेहरुमा प्रदेश सदस्य भीमबहादुर अधिकारी, केपी बराल र यदु ढकाल छन् । त्यस्तै साबित्रा थापा, होमबहादुर राई, कमलध्वज राई, तिलक राई, भीमबहादुर राई, दुर्गा बुर्जा मगर, रामप्रसाद बराल र सन्तोष सुवेदीलाई प्रदेश समितिले नै निलम्बन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्