गुल्मी । नेकपा एकीकृत समाजवादी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले गुल्मीको विकासमा केही गर्न खोजेको बताएकी छन् ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा साझा गठबन्धनका उम्मेदवारको चुनावी प्रचारका लागि मुसिकोट नगरपालिकामा आयोजित चुनावी कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले गुल्मीको यस्तो बताएकी हुन् ।

‘म गुल्मीको विकास निर्माणमा नयाँ ढंगले अगाडि बढेको छु’ संघीय सांसद तथा मन्त्रीसमेत रहेकी झाँक्रीले भनिन्– ‘यहाँको विकासका लागि गुल्मेली आमावुवा दाजुभाइ दिदीबहिनीको सहयोग आवश्यक छ ।’
गुल्मीको आपचौर कफिको उदगमस्थल भएकाले यहाँ कफि बगैँचा निर्माण गरेर वर्षमा लाखौँ भित्र्याउन सके मुसिकोट नगरपालिकासँगै गुल्मीकै मुहार फेरिने उनको भनाइ छ ।
गुल्मीका जनताले निर्वाचनमा मत दिएर विजयी बनाउने तर गुल्मी सधै विकासमा पछाडि परेको देखेर आफुलाई दुःख लागेको उनले बताइन् ।
‘अब काम गर्नेलाई भोट दिने कि गफ बढी गर्नेलाई ?’ उनको प्रश्न थियो, ‘कसलाई मत दिने भन्ने जनताको हातमा कुरा हो ।’ उनी गठबन्धन तथा आफ्ना उम्मेदवारलाई स्थानीय निर्वाचनमा विजयी जिताउन केही दिनदेखि गुल्मीका विभिन्न स्थानमा आयोजना हुने चुनावी कार्यक्रममा सहभागी हुँदै आएकी छन् ।











