काभ्रे । काभ्रेको रोशी गाउँपालिका-११, बढुवेशीमा मिनीबस र जिप ठोकिँदा पाँच जनाको मृत्यु भएको छ । बुधबार भारतीय पर्यटक बोकेको मिनी बस र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको जिप ठोकिएको हो ।

काभ्रेका डीएसपी हरि खतिवाडाका अनुसार भारतीय पर्यटक बोकेका यूपी५८टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठोकिँदा एक बालकसहित पाँच जनाको मृत्यु भएको हो ।
मृतकको पहिचान खुलिनसकेको खतिवडाले बताए । दुर्घटनामा घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।














