Logo
Logo

मिर्गाैला पीडितलाई निर्वाह भत्ता दिइने


- दृष्टि न्युज/संवाददाता


इलाम, १८ असार । इलामको देउमाई नगरपालिकाले मिर्गाैला रोगीलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । मिर्गौलाले काम नगर्ने भएर प्रत्यारोपण गराएका बिरामीलाई नगरपालिकाले निर्वाह भत्ता दिने भएको हो ।
नगरप्रमुख सूर्यप्रसाद पोख्रेलले सो भत्तास्वरुप मासिक रू तीन हजार ५०० आगामी साउन महीनादेखि उपलब्ध गराउने जानकारी दिए । ‘साउन शुरुदेखि नगरभित्र मिर्गौला रोगीको तथ्यांक संकलन गरिने छ । यस्ता बिरामीलाई थोरै भए पनि राहत पु¥याउन यो कार्यक्रम ल्याएका हौँ’, उनले भने ।
यसपालिको नगरसभाले यो निर्णय गरेको नगरपालिकाका कार्यकारी अधिकृत प्रेमप्रसाद दाहालले बताउए । मिर्गौला पीडितका परिवारले उपचार गराउन नै धेरै रकम सक्ने र बिरामीको हेरचाहमा अधिकांश समय बिताउनु परेपछि आर्थिक भार बढ्ने भएकाले सहयोग गर्न लागिएको कार्यकारी अधिकृत दाहालले बताए । नेपाल सरकारले पनि दीर्घरोगीलाई उपचार खर्च भनेर यसअघि नै रु एक लाख सहयोग गर्ने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्