Logo
Logo

भृकुटीमण्डपमा आज एमालेको चुनावी सभा


441
Shares

काठमाडौं । नेकपा एमालेले आज (मंगलबार) काठमाडौंको भृकुटीमण्डपमा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम सभा गर्दैछ । सभालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

एमालेले आज गर्ने सभा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम सभा हो । काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यले देशभरी नै सन्देश दिने उद्देश्यले काठमाडौंमा अन्तिम चुनावी सभा गर्न लागेको बताएका छन् ।

मंगलबारको सभामा काठमाडौं महानगरपालिकासहित काठमाडौं जिल्लाका ११वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्