Logo
Logo

एमाले नेता रघुवीर महासेठले बदनाम गराउन गुण्डा खटाए : समिम मियाँ अन्सारी


6.3k
Shares

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले नेकपा एमाले नेता रघुवीर महासेठले नियोजित रुपमा आफूलाई बदनाम गराएको आरोप लगाएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष अन्सारीले एमाले नेता महासेठ र झुली महत्तोले आफूलाई बदनाम गराउन सुरेन्द्र भण्डारी नेतृत्वमा टोली पठाएको बताए ।

पत्रकार सम्मेलनमा उनले भने, ‘नेकपा एमालेका नगरकमिटीका अध्यक्ष सुरेन्द्र भण्डारीको नेतृत्वमा त्यहाँ टिम आएको थियो । त्यहाँका नेता झुली महत्तो र रघुवीर महासेठले त्यहाँ गएर नाराबाजी गर भनेरै पठाउनुभयो ।’

उनले आफूलाई फसाउन एमालेले गुण्डा पठाएको आरोप लगाए । उनले भने, ‘नेकपा एमालेबाट मेरो चरित्र हत्या नर्गे कोसिस भयो ।’

उनले अहिले सुरेन्द्र भण्डारी पक्राउ परेको पनि जानकारी दिए । अन्सारीमाथि मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्