Logo
Logo

आफूमाथि आक्रमण भएको मेयर उम्मेदवार मेहताको दाबी


945
Shares

रौतहट । रौतहटको इशनाथ नगरपालिकामा नेकपा एमालेबाट मेयर उम्मेदवार सन्तोष मेहताले आफूमाथि आक्रमण भएको दावी गरेका छन् । आफन्तको बिहे भोजमा सहभागी भएर फर्कदैं गर्दा प्रहरी प्रशासनकै मिलेमतोमा आक्रमण भएको मेहताले आरोप लगाएका हुन् ।

बिहीबार पत्रकार सम्मेमलन गरी मेहताले भने– आफन्तको बिहे भोजबाट फर्कदैं थिए । असई सञ्जय कुर्मीले फोन गरेर पल्टुवा बजारमा बोलाए । त्यहाँ पुग्ने बित्तिकै कुर्मीले गाडीको चाबी खोसे, लगत्तै त्यहाँ सय भन्दा बढी कार्यकर्ता लिएर कांग्रेसका उम्मेदवार अन्जु झा आइन् । त्यासपछि कांग्रेस समर्थकले आक्रमण गरे । तर, प्रहरी मुकदर्शक बन्यो ।’

मेहताले घटनाका बारेमा अनुसन्धान गरेर आक्रमणमा संलग्नलाई कारवाही गर्नसमेत माग गरेका छन् । ‘मलाई फोन गरेर बोलाउने प्रहरी अधिकारी र आक्रमणमा सामेल रहेका सबैलाई कानूनी कारवाही हुनुपर्छ,’ मेहताले पत्रकार सम्मेलनमा भने ।

मेहताले पत्रकार सम्मेलन नै गरेर आफूमाथि आक्रमण हुँदा प्रहरीले वास्ता नगरेको आरोप लगाए पनि प्रहरीले भने घटनाका बारेमा जानकारी आए पश्चात घटनास्थलमा पुगेर सुरक्षितरुपमा मेहतालाई घर पुर्‍याइएको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक विनोद घिमिरेले भने, ‘राति उनलाई स्थानीय बासिन्दाले घेरेपछि प्रहरीले सुरक्षित रुपमा घर पठाइएको हो ।’

प्रतिक्रिया दिनुहोस्