Logo
Logo

बागमती प्रदेश प्रहरी प्रमुख, चितवनका सीडीओ र एसपीलाई आयोगले सोध्यो स्पष्टीकरण


2.1k
Shares

काठमाडौं । निर्वाचन आयोगले बागमती प्रदेश प्रहरी प्रमुख, चितवनका सीडीओ र प्रहरी उपरीक्षक (एसपी)लाई स्पष्टीकरण सोधेको छ ।

आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न दिएको विषयलाई लिएर उनीहरूलाई स्पष्टीकरण सोधेको हो । आयोगले प्रचण्डलाई पनि २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

आयोगले चितवन भरतपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय चितवनका एसपी नवराज अधिकारी र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पुजा सिंहलाई स्पष्टीकरण सोधेको हो ।

आयोगले सीडीओ तामाङलाई ‘प्रचण्ड भरतपुर आएको र मौन अवधिमा निर्वाचन प्रचारप्रसारमा संलग्न भएको थाहा छ, छैन ?’ भनेर सोधेको छ ।

एसपी अधिकारीलाई प्रचण्डलाई प्रहरी स्कर्टिङलगायतको सुरक्षा उपलब्ध गराउने कार्यमा अधिकारीको संलग्नता भएको/नभएको भन्ने विषयमा स्पष्टीकरण सोधेको छ भने प्रदेश प्रहरी प्रमुख प्रहरी सिंहलाई पनि सोहि विषयमा आयोगले स्पष्टीकरण सोधेको छ ।

प्रतिक्रिया दिनुहोस्