Logo
Logo

अष्ट्रेलियामा भानुप्रतापको ‘क्या क्या तेरे…’ (भिडियोसहित)


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० असार । नेपाली यु–ट्युब च्यानलबाट एउटा हिन्दी गीत सार्वजनिक भएको छ । ‘क्या क्या’ बोलको उक्त हिन्दी गीतको भिडियो मेकिङमा पनि बलिउडशैलीकै छ । अष्ट्रेलियामा छायांकन गरिएको उक्त भिडियोमा पुकार गौतम, रोजी पन्त, दिपा श्रेष्ठ, सन्दिपलगायतको अभिनय छ ।
यस भिडियोलाई कलाकार भानुप्रतापले निर्माण गरेका हुन् । नेपाली फिल्ममा खलनायकका रुपमा चिनिएका भानुप्रताप केही समययता नेपाली फिल्म क्षेत्रबाट हराएका थिए । उनको खोजी भइरहेकै बेला उनले अष्ट्रेलियाबाट हिन्दी गीत ‘क्या क्या’को भिडियो प्रस्तुत गरेका हुन् । उनी केही समययता अष्ट्रेलियामा छन् ।
एमसन इन्टरटेनमेन्ट तथा अरबिट अस्ट्रेलिया गु्रपको संयुक्त प्रस्तुतीमा रहेको उक्त भिडियोमा भानुप्रतापसँगै अमर रसाइलीको पनि निर्माण रहेको छ । मनोज अधिकारीको निर्देशनमा बनेको यस भिडियोलाई फिल्मीशैलीमा छायाँकन गरिएको छ ।
प्रभात यादवले गानएको यो ‘क्या क्या’ गीतको संगीत अञ्जान श्रेष्ठले गरेका हुन् । भिडियोमा राह शर्माको सिनेमाटोग्राफी तारिफयोग्य छ । यस भिडियोका लागि मेकिङ कन्सेप्ट पनि भानुप्रतापले गरेका हुन् । यो भिडियो हेरिसकेपछि भानुप्रतापले म्युजिक भिडियोमा हात हाल्दा राम्रो देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्