Logo
Logo

घट्टेखोला खोलाले बगाउँदा दुई बेपत्ता


- दृष्टि न्युज/संवाददाता


विदुर, २० असार । नुवाकोटको ताँदी गाउँपालिकास्थित घट्टेखोला तर्नेक्रममा बिहीबार साँझ दुई जना बेपत्ता भएका छन् । बजारबाट घरायसी सामान किनेर घर फर्कंदा खोला तर्नेक्रममा ती व्यक्ति बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।
ताँदी गाउँपालिका–२ बस्ने १७ वर्षीय विनोद लामा तामाङ र सोही ठाउका १७ वर्षीय देवकृष्ण तामाङ सातबिसेस्थित घट्टेखोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक थापाका अनुसार बेपत्ता भएका तामाङको ताँदी खेला, खरानीटार, देविघाट, महादेवफाँट, ठूलोखोला, बुधसिङघाट लगायतका खोलानालामा खोजीकार्य भइरहेको उनले बताए ।
बेपत्ता उनीहरुलाई नुवाकोट प्रहरी, खरानीटार प्रहरी चौकी, देवीघाट चौकी, ताँदीचौकी, सशस्त्र प्रहरी लगायतको टोलीले खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्