Logo
Logo

सिंगापुरमाथि जित हात पार्दै नेपाल समूह विजेता बन्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २० असार । मलेसियामा जारी एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपाल समूह ‘ए’ को विजेता बनसँगै सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा सिंगापुरलाई २१७ रनलेको फराकिलो अन्तरले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । अब नेपालले सेमिफाइनलमा आउँदोसोमबार समूह ‘बी’को उपविजेतासँग खेल्नेछ ।
ओपनर रित गौतमको सतकमा नेपालले ३२७ रनको विशाल लक्ष्य पछ्याएको सिंगापुर ३९.१ ओभरमा १०९ रनमै अलआउट भयो । सिंगापुरको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका कुशल मल्लले ४ विकेट लिए । उनले ९.१ ओभरमा १ मेडन राख्दा १४ रन खर्चिएका थिए । तिलकराज भण्डारीले २ विकेट लिँदा रासिद खान र सागर ढकालको नाममा १–१ विकेट रह्यो ।
भीम सार्कीले सिंगापुरका २ ब्याट्सम्यानलाई रनआउट गरे भने सिंगापुरका लागि हरि कुक्रेजाले सबैभन्दा बढी ३० रन जोडे । त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ४ विकेटको क्षतिमा ३२६ रन जोड्यो ।
नेपालका लगि रितले नटआउट १ सय १५ रन जोडे । रितले १३७ बलमा १० चौका र १ छक्का हिर्काए । ४८ ओभरमा सतक प्रहार गरेका रित जारी प्रतियोगितामा सतक हिर्काउने पहिलो खेलाडी बने । उनका ओपनिङ पार्टनर पवन सर्राफ ४१ बलमा १० चौका प्रहार गरेर ४५ रनको योगदान दिए । खडकबाहदुर बोहराले ९० रनको उत्कृष्ट इनिङ खेले । उनले ९० बलमा १२ चौका हिर्काएका थिए । उनी आउट भएपछि मैदान विशालविक्रम केसी १ रन र कप्तान रोहितकुमार पौडेल ७ रनमै आउट भए ।
सात राष्ट्र सहभागी प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित सिंगापुर र चीन छन् । नेपालले पहिलो खेलमा चीनमाथि १० विकेटको जित हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्