Logo
Logo

एमालेका प्रतिनिधिले अवरोध गरेपछि भरतपुरको मतगणना रोकियो


11k
Shares

चितवन । भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेका प्रतिनिधिहरुले अवरोध गरेपछि मतगणना रोकिएको हो ।

मतपत्र बदर र सदर गर्ने विषयमा विवाद भएको बताइएको छ । छाप प्रस्ट नभएको भन्दै अन्य दलका प्रतिनिधिले सूर्यमा परेको मतलाई ‘बदर’ गराउन खोजेको एमालेका प्रतिनिधिले आरोप लगाएका छन् ।

पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल प्रतिद्वन्द्वीभन्दा ८० मतले अगाडि छन् ।

४ हजार ८७७ मत गणना हुँदा दाहालले १७ सय २७ मत प्राप्त गरेकी छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १६ सय ४७ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्